बुटवल,बैसाख १२ ।
स्थानीयतह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकामा राप्रपाले पनि उम्मेदवारी दर्ता गरेको छ ।
राप्रपाका तर्फबाट सञ्चार उद्यमी मृगेन्द्र शेरचनले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा भगवती पाण्डे सैजुको उम्मेदवारी परेको छ ।
मनोनयन दर्ता गर्ने अन्तिम दिन गठबन्धन तथा नेकपा एमाले सहित अन्य दलहरु र स्वतन्त्र उम्मेदवारहरु निर्वाचन कार्यालय पुगेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)