Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा एमाले उम्मेदवार : मेयरमा भट्टराई र उपमेयरमा अर्याल

बुटवलमा एमाले उम्मेदवार : मेयरमा भट्टराई र उपमेयरमा अर्याल

  • 3.5K
    SHARES

  • बुटवलमा एमाले उम्मेदवार : मेयरमा  भट्टराई र उपमेयरमा अर्याल

    बुटवल,बैसाख १० ।

    नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराईलाई उठाउने निर्णय गरेको छ।

    पार्टीको सचिवालय बैठकले नगर प्रमुखमा भट्टराई र र पार्टी केन्द्रिय सदस्य सावित्रा अर्याललाई उप प्रमुखमा उठाउने निर्णय गरेको हो।  बर्तमान मेयर शिवराज सुवेदी सके आफै दाेहाेरिने नभए भट्टराईलाई मेयर बनाउने दाउमा थिए ।  

    उपमहानगरमा प्रमुखमा बहालवाला प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, नेताहरू गोपाल राना, तेजेन्द्र केसीले दावी गरेका थिए । २०७४ सालको निर्वाचनमा पनि प्रमुखको दावेदार रहेका औषधि ब्यबसाीका नेता समेत रहेका भट्टराईले यो पटक लामो प्रतिक्षापछि टिकट पाएका हुन् ।

    भट्टराई एमाले अध्यक्ष केपी ओली र शंकर पाेखरेल निकटका हुन् भने अर्का आकांक्षी गाेपाल राना एमाले उपाध्यक्ष बिष्णु पाैडेल निकट मानिन्छन् ।

    काे हुन् बाबुराम भट्टराई ?

    अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेका भट्टराईले आफू १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका थिए । 

    पार्टीका नेताहरु भूमिगतकालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो । फलस्वरुप २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आवद्ध भए । लामो समय उनले व्यवसाय सेक्टरमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् । नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए । 

    २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२-६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए । त्यतिबेला संकलन गरिएको रकममध्ये बचत रकम केही समय अघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो । त्यस्तै उनले बुद्धिजीवी परिषदमा रहेर पनि काम गरे । भट्टराई ३५ वर्षको उमेरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए । 

    सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन् । भट्टराईले तत्कालीन लुम्बिनी अञ्चल अस्पतालको समेत अध्यक्ष बनेका  थिए ।

    एमाले र जनमुक्ति पार्टीबीच तालमेल :

    बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति गरेको हो ।

    सहमति अनुसार जनमुक्तिका मतदाताले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका उम्मेदवारलाई सहयोग गर्नेछ ।

    अब दुवै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रुपमा सञ्चालन गर्ने एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

    यी खबर पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology