Logo बिहिवार, आश्विन १ गते २०८३
images

सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, बुटवलमा १९ गते

सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, बुटवलमा १९ गते

  • 2.0K
    SHARES

  • सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, बुटवलमा १९ गते

    बुटवल,बैसाख ८।

    सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा गठबन्धनले चुनावी सभा गर्ने निर्णय गरेको हो ।

    बिहीबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सो निर्णय गरेको हो ।

    समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीका अनुसार यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय भएको छ ।

    सदस्य सचिव जोशीले वैशाख १८ गतेबाट सुरु हुने सभालाई पाँचै दलका प्रमुख नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउनुभयो । साथै गठबन्धनका संयोजक समेत गरी छजना शीर्ष नेताले पनि सभालाई सम्बोधन गर्नुहुनेछ ।

    उहाँका अनुसार वैशाख १८ गते धनगढीमा बिहान ११ बजे चुनावी सभा हुने छ भने १८ गते नै दिउँसो २ बजे सुर्खेतमा हुनेछ ।  यसैगरी, १९ गते बिहान ११ बजे बुटवलमा र २ बजे पोखरामा चुनावी सभा हुने कार्यक्रम तय भएको छ ।

    त्यस्तै, २० गते विराटनगरमा बिहान ११ बजे, जनकपुरमा दिउँसो १ र २२ गते काठमाडौंमा दिउँसो १ बजे चुनावी सभा हुनेछ ।  

    gathanabdan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology