Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल प्रज्ञा–प्रतिष्ठानको कार्यालय स्थापना

बुटवल प्रज्ञा–प्रतिष्ठानको कार्यालय स्थापना

  • 2.1K
    SHARES

  • बुटवल प्रज्ञा–प्रतिष्ठानको कार्यालय स्थापना

    बुटवल,वैशाख २ ।

    बुटवल प्रज्ञा– प्रतिष्ठानको कार्यालय स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा प्रतिष्ठानको कार्यालय स्थापना गरिएको र अन्य कार्यसम्पादन यहि कार्यालयबाट गरिने सचिव दलबहादुर गुरुङले बताउनुभयो  ।

    आज एक समारोहका बिच सोहि कार्यालयमा चौथो बैठक सम्पन्न गरिएको हो । बैठकले बिभिन्न निर्णयहरु समेत गरेको छ  ।

    बैठकले कार्यालय संचालनका लागि आवश्यक भौतिक सामग्री ब्यबस्थापन,खाता संचालन,नयां कार्यायोजना निर्माण र शिरिषको फूल नाटक प्रदर्शनका लागि बागेश्वरी संगीतालयसंग आवश्यक छलफल गरिने निर्णय भएको अध्यक्ष झपेन्द्र जिसीले बताउनुभयो ।

    सो अवसरमा बुटवल उपमहानगरका बरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेल,ठगिश्वर पोखरेल,प्राज्ञ सदस्यहरु चिरन बराल,इन्दिरा अर्याल,नारायण थापा,कपिल ज्ञवाली, झविन्द्र थापा,लोकेन्द्र शाह लगायतले बोल्दै  प्रज्ञा– प्रतिष्ठानलाइ बृहत र गतिशील बनाउंदै लैजानुपर्ने बताएका थिए ।

    बुटवल उपमहानगर भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठानको स्थापना २०७६ सालमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology