बुटवल,कार्तिक १५ ।
बुटवलमा २ दिने सिर्जनशील चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा २० जना चित्रकारले ४० तस्वीर प्रदर्शनका लागि राखेका थिए । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको चित्रकला प्रदर्शनीमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले पनि अवलाेकन गरे । दुइदिनमा १ हजार ६ सय जनाले चित्रकला प्रदर्शनी अवलोकन गरेको भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठानका सचिव दलबहादुर गुरुङले नागरिक अनलाइनलाइ जानकारी दिए ।
बुटवल उपमहानगर भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान अन्तर्गत गठित कला तथा अनुसन्धान विभागको संयोजन र नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देहीसँगको सहकार्यमा चित्रकला प्रदर्शनी भएको हो ।
प्रदर्शनीमा चित्रकलासम्बन्धी विषयवस्तुहरु प्रस्तुत गरिएको थियो । प्रर्दशनमा राखिएका चित्रकलाको सुक्ष्म अध्ययन गरेर सो चित्रकलाका विषयमा जिज्ञासा राख्दै विद्यार्थीहरुले ज्ञान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीको अध्यक्षता तथा प्रतिष्ठानका सचिब दलबहादुर गुरुङको संचालनमा कार्यक्रम भएको हो । चित्रकला प्रर्दशनीमा २० जना चित्रकारले ४० तस्वीर प्रदर्शनका लागि राखेका थएि ।
बुटवलको न्यु इरा होटलमा भएको चित्रकला प्रर्दशनीमा निशुल्क प्रबेशको ब्यबस्था मिलाइएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)