Logo शनिवार, आश्विन ३ गते २०८३
images

कांग्रेस जिताउन तिलोत्तमा-३ मा नेपाल महिला संघ प्रचार अभियानमा  

कांग्रेस जिताउन तिलोत्तमा-३ मा नेपाल महिला संघ प्रचार अभियानमा  

  • 2.3K
    SHARES

  • कांग्रेस जिताउन तिलोत्तमा-३ मा नेपाल महिला संघ प्रचार अभियानमा  

    तिलोत्तमा,चैत्र १६।

    नेपाल महिला संघ वडा समिति तिलोत्तमा–३, रुपन्देहीले  नेपाली कांग्रेसले शुरु गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल पार्न टोल टोलका महिलाहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।

    कांग्रेसको प्रचारात्मक अभियान अन्तर्गत वडामा नवगठित महिला संघको मंगलबार बसेको पहिलो बैठकले पार्टी संगठनलाई थप मजवुत वनाउन र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी वनाउन संगठन सुदृढिकरण र प्रचार अभियानलाई ब्यापक बनाउने निर्णय गरेको छ ।   congress.jpg

    वडा अन्तर्गत गठन भएका १२ वटा टोल विकास समिति संग समन्वय गरेर टोलमा क्रियाशिल महिलाहरुलाई संगठनमा आवद्ध गर्दै कांग्रेसले शुरु गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल पार्ने र आगामी निर्वाचनमा वडामा नेपाली कांग्रेसलाई विजयी वनाउन महिला संघ थप क्रियाशिल रहने महिला संघकी वडा सभापति हिरा पौडेल अधिकारीले बताउनु भयो ।

    बैठकले महिला नेतृहरु मनोरमा शेरचन, कविता अर्याल, चुडाकुमारी विष्ट, विष्णुमाया भट्टराई पराजुली र रिता शर्मा प्युठानीलाई संघको सल्लाहाकारमा मनोनयन गरेको छ ।

    बैठकमा महाधिबेशन प्रतिनिधि चिरन्जिवी शर्मा पौडेल, निवर्तमान जिल्ला सदस्य हरिप्रसाद तिवारी, क्षेत्रीय सदस्य कर्णबहादुर टण्डन, प्रदेश प्रतिनिधि खिमानन्द भट्टराई,तिलोत्तमा नगर उपसभापति कल्याण पौडेल लगायतले बोल्दै पार्टीका उम्मेदवारहरुलाई विजयी वनाउन महिला संघको भूमिका महत्वपुर्ण हुने भएकाले महिला दिदिबहिनीहरु एकजुट भएर प्रचार अभियानमा लाग्न आग्रह गर्नुभयो ।

    मुलुकको विकास र लोकतन्त्रलाई संस्थागत गर्न सबै तहमा कांग्रेसको नेतृत्व आवश्यक भएकाले यो निर्वाचनमा कांग्रेसलाई विजयी वनाउने गरी घर घर जाऔं, कांग्रेस जिताऔं अभियानमा सक्रिय सहभागिता जनाउन पनि आग्रह गर्नुभयो ।

    सघका सभापति हिरा पौडेल अधिकारीको अध्यक्षता, उपसभापति तुलसा शर्माको स्वागत र सचिव कल्पना शर्माको संचालनमा भएको बैठकमा नगर सदस्य नारायण बहादुर क्षेत्री, संघकी सदस्य भूमा वेल्वासे,विमल पोख्रेल लगायतले बोल्दै कांग्रेसका उम्मेदवारलाई विजयी वनाउन पार्टीका भातृ संस्था सहित टोल समितिको भूमिका महत्वपुर्ण हुने भएकाले वडाका प्रत्येक टोलमा प्रचार अभियानलाई ब्यापक वनाउनुपर्नेमा जोड दिनुभयो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology