Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रवक्ता शर्माले भने- सिइयोले टेन्डर प्रक्रियामै त्रुटि गरेकाले सरकारले कारबाहीको तयारी गरेपछि राजीनामा दिए !

प्रवक्ता शर्माले भने- सिइयोले टेन्डर प्रक्रियामै त्रुटि गरेकाले सरकारले कारबाहीको तयारी गरेपछि राजीनामा दिए !

  • 1.9K
    SHARES

  • प्रवक्ता शर्माले भने-  सिइयोले टेन्डर प्रक्रियामै त्रुटि गरेकाले सरकारले कारबाहीको तयारी गरेपछि राजीनामा दिए !

    बुटवल,चैत्र १५ ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश पूर्वाधार बिकास प्राधिकरणका सिइयाे अनन्तराम घिमिरेलाइ सरकारले कारबाही गर्ने तयारी गरेका बेला  राजीनामा आएको बताएका छन् ।

    घिमिरेले टेन्डर प्रक्रियामै त्रुटि गरेकाले सरकारले कारबाहीको तयारी गरेका बेला आफू चोखो बन्नका लागि राजीनामा दिएको मन्त्री शर्माको भनाइ छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का निकाल्ने, टेण्डरको प्राविधिक रूपले जाँचबुझ गर्ने  जिम्मेवारी सीईओकै भएको बताउँदै त्यसमा प्राविधिक रूपमा त्रुटि पाइएपछि रद्द गर्ने र अगाडि बढ्न आदेश दिइएको स्मरण गराए । 

    घिमिरेले आफ्नो पदीय हैसियत भुलेर आर्थिक रूपमा बार्गेनिङ गर्ने, सरकारको नाम जोडेर कमिसन नपाएसम्म काम अगाडि नबढाउने लगायतको काम गरेको मन्त्री शर्माले बताए ।

    भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का कुनै दुई कम्पनीमात्र छनोट गर्ने गरी स्पेसिफिकेसन तयार गरेर प्रक्रियामै सेटिङ गरेको रहस्य बाहिर आएसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणले टेण्डर रद्द गरेको जनाएको छ ।

    करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर सोमबार नै रद्द गरिएको प्राधिकरणले जनाएको छ ।

    घिमिरेले टेण्डर रद्द गरे लगत्तै पदबाट राजीनामा दिएका थिए ।

    लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइयो घिमिरेले दिए राजीनामा र छाडे पार्टी !

    लुम्बिनी प्रादेशिक अस्पताल : नयाँ भवन निर्माणको टेण्डर रद्द,सिइयो घिमिरेले दिए राजीनामा !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology