Logo बिहिवार, आश्विन १ गते २०८३
images

माओवादी केन्द्रको आधार इलाका लुम्बिनी प्रदेश : वर्षमान पुन

माओवादी केन्द्रको आधार इलाका लुम्बिनी प्रदेश : वर्षमान पुन

  • 2.8K
    SHARES

  • माओवादी केन्द्रको आधार इलाका लुम्बिनी प्रदेश  : वर्षमान पुन

    बुटवल,चैत्र २ ।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय समितिका बरिष्ठ सदस्य वर्षमान पुनमगरले लुम्बिनी प्रदेश माओवादीको आधार इलाका भएको बताएका छन्  ।उनले आधार इलाकामा माओवादीलाई  विजय बनाउनको लागि सबै ढिक्का भएर लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

    माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको प्रथम बैठकमा सहभागी पार्टी कार्यकर्तालाई कपिलबस्तुमा सम्वोधन गर्दैउनले जनयुद्धको आधार इलाका लुम्बिनी प्रदेशलाई जसरी भए पनि माओवादी केन्द्रको आधार इलाका परिणत गरेर देखाउनुपर्ने बताए ।

    उनले नेपालमा कम्युनिष्टहरुको एकताको लागि जनताले जनमत प्रदान गरेपनि नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारी प्रवृत्तिबाट देश प्रतिगमनतिर गएको बताए ।  त्यसका लागि माओवादी केन्द्रको कारणले मात्रै देशको संविधान, गणतन्त्र लगायतको रक्षा भएकोले अब फेरी पनि त्यसको रक्षा र कार्यन्वयन गर्ने बेला आएको उनले बताए ।

    फेरी कम्युनिष्ट पार्टीहरुको केन्द्रीकरण गर्दै हालको गठबन्धलाई बलियो बनाएर समृद्धको लागि अगाडि बढाउनु पर्ने बताए ।

    लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज चक्रपानी खनाल बलदेवले लुम्बिनीमा पढाधिकारीमा सबै भूगोल, मनो विज्ञान लगायत सबैको सहमतिमा गर्नका लागि केही समय लागे पनि सहमति र सहकार्यताको तरिकाले आगामी दिनमा पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउन सकिने बताए।

    मुख्यमन्त्री एवं लुम्बिनि प्रदेश सहइन्चार्ज कुलप्रसाद केसीले लुम्बिनी माअ‍ोवादी केन्द्रको उर्वर र उद्गमभूमि भएकाले गर्दा त्यसलाई स्थानीयतहबाट परिणाम दिनका लागि लाग्न निर्देशन दिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology