Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रहरी दमनविरुद्ध अनेरास्ववियु रुपन्देहीद्वारा मंगलबार पनि बुटवलमा प्रदर्शन

प्रहरी दमनविरुद्ध अनेरास्ववियु रुपन्देहीद्वारा मंगलबार पनि बुटवलमा प्रदर्शन

  • 1.7K
    SHARES

  • प्रहरी दमनविरुद्ध अनेरास्ववियु रुपन्देहीद्वारा मंगलबार पनि बुटवलमा प्रदर्शन

    बुटवल,माघ २५ ।

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र शान्तिपूर्ण आन्दोलनमा प्रशासनले गरेको दमनका विरुद्धमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीले मंगलबार बुटवलमा प्रदर्शन गरेको छ।

    अनेरास्ववियूले पछिल्ला केहिदिन यता पेट्रोलियम पदार्थमा भएकोे मूल्यवृद्धि फिर्ता र स्थानीय तहको निर्वाचनको माग राख्दै आन्दोलन गर्दै आएको छ।

    तर सरकारले सोमबार मात्रै आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपनि पेट्रोलियम पदार्थमा भएकोे मूल्यवृद्धि फिर्ताको माग र प्रशासनको दमनको विरुद्ध मंगलबार प्रदर्शन गरेको हो।

    अनेरास्ववियुले सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडी प्रदर्शन गर्दा सुरक्षाकर्मीसंगको झडपमा पांचजना विद्यार्थी घाईते भएका थिए।police.jpg

    आफुहरुको शान्तिपूर्ण आन्दोलनको क्रममा प्रहरीले हस्तक्षेप गरेको र त्यसैको विरोधमा पनि मंगलबार प्रदर्शन गरिएको अनेरास्ववियूले जनाएको छ ।

    दिउसो बुटवल बहुमुखी क्याम्पस परिसरबाट निस्किएको विद्यार्थीहरुको जुलुस ट्राफिकचोकमा पुगेर कोणसभा पछि समापन गरिएको थियो। कोणसभामा केन्द्रिय उपाध्यक्ष पाण्डे र रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले लगायतले सम्बोधन गरे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology