बुटवल,माघ २४ ।
रोटर्याक्ट क्लव अफ सेन्ट्रल सिटीले तिलोत्तमा नगरपालिका-१ स्थित सिद्धार्थ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । न्यून आय स्रोत भएका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई साे सामाग्रीहरु बितरण गरिएको हो ।
संस्थाका संस्थापक अध्यक्ष कमल भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष विष्णु पाण्डेको प्रमुख आतिथ्यता, विद्यालयकी प्रधानाध्यापक रुपा शाहीको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा शिक्षक राम प्रसाद ज्ञवाली, शुभद्रा अर्याल र गिता पाण्डेको आतिथ्यता रहेको थियो ।
यस्तै, कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सह-सचिव सुजन पौडेलले राखेका थिए । कार्यक्रममा उक्त विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थी मध्ये प्रत्येक कक्षादेखी १-१ जना गरि जम्मा ५ जना विद्यार्थीलाई झोला, कपि, जेमेट्रीक्स बक्स, पेन्सील लगाएतका शैक्षिक सामाग्री बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिती अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि विष्णु पाण्डेले संस्थाप्रती आभार व्यक्त गर्दै संस्थाको उज्वल भविस्यको कामनाको शुभकामना दिए । यस्तै, प्रधानाध्यापक लगाएत शिक्षकहरुले कार्यक्रममा बोल्दै संस्थाप्रती आभारी रहेको बताए ।
संस्थाका सचिब प्रशान्त ज्ञवालीको सञ्चालनमा रहेको उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभापति कमल भण्डारीले आगामी दिनहरुमा पनि संस्था यस्ता गतिविधिहरुमा अग्रसर रहने प्रतिबद्धता सहितको मन्तव्य राखेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)