Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

अन्तर्राष्ट्रिय सीमा नाका कार्तिक मसान्तसम्म नखोल्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय सीमा नाका कार्तिक मसान्तसम्म नखोल्ने सरकारको निर्णय

  • 6.7K
    SHARES

  • अन्तर्राष्ट्रिय सीमा नाका कार्तिक मसान्तसम्म नखोल्ने सरकारको निर्णय

    बुटवल,असोज २६, 

    सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

    यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए ।

    अब कार्तिक मसान्तसम्म सीमा नाका बन्द रहनेछन् । त्यस्तै बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पारित गरेको छ ।

    सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्ने निर्णय :

    सरकारले सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यस अघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णय पुर्नविचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो।

    अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए। भाडा भने दोब्बर लिदैँ आएका थिए। दर्शैलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए।

    बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology