बुटवल,माघ १४ ।
गुल्मीमा बसोबास गर्नेको संख्या घटेको तथ्यांकले देखाएकोछ । हालै सार्वजनिक नेपालको जनगणनाको तथ्यांक हेर्दा गुल्मीमा गत दश बर्षको तुलनामा जनसंख्या घटेको हाे । धेरै जनसंख्या रेसुङ्गा नगरपालिकामा र सबैभन्दा कम जनसंख्या कालीगण्डकी गाउँपालिकामा रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार गुल्मीको कुल जनसंख्या २ लाख ४६ हजार ८ सय ३६ रहेको छ । जनगणना २०६८ अनुसार भने गुल्मीको कुल जनसंख्या २ लाख ८० हजार १ सय ६० रहेको थियो । २०६८ को तुलनामा अहिलेको जनसंख्या ३३ हजार ३ सय २४ ले घटेको हो ।
दुई नगरपालिका र दश गाउँपालिका भएको गुल्मीमा ६१ हजार २ सय २२ घरधुरीमा ६६ हजार ७ सय २५ परिवारको गणना भएको थियो ।
गुल्मीको वार्षिक जनसंख्या वृद्धिदर १.२२ रहेकोसमेत तथ्यांकमा उल्लेख गरिएको छ । अहिलेको प्राम्भिक नतिजा अनुसार गुल्मीमा पुरुषको संख्या १ लाख १२ हजार ७ सय ८८ र महिलाको संख्या १ लाख ३४ हजार ४८ पुगेको छ भने २१५ जन घनत्व रहेको तथ्यांकमा उल्लेख छ।
रेसुङ्गा नगरपालिकामा १६ हजार ९ सय ८१ रहेको छ भने मुसिकोट नगरपालिकामा १५ हजार ३ सय ९० जनसंख्या रहेको छ । यस्तै चन्द्रकोट गाउँपालिकामा कुल जनसंख्या १० हजार १ सय ४६, छत्रकोट गाउँपालिकामा १० हजार ६ सय ३८, धुर्कोट गाउँपालिकामा १० हजार ४ सय १४ र गुल्मीदरबार गाउँपालिकामा १० हजार ९ सय २३ जनसंख्या रहेको छ ।
यसैगरी इस्मा गाउँपालिकामा १० हजार ७७ , कालीगण्डकी गाउँपालिकामा ८ हजार २१, मदाने गाउँपालिकामा १० हजार ८ सय ३५, मालिका गाउँपालिकामा १० हजार ९ सय १०, रुरुक्षेत्र गाउँपालिकामा ९ हजार ११ र सत्यवती गाउँपालिकामा १० हजार ६ सय ९५ जनसंख्या रहेको छ।
राष्ट्रिय जनगणना २०७८को प्राम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)