Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको १६ जिल्लामा बाँकी अधिवेशन अनिश्चितकालका लागि स्थगित

कांग्रेसको १६ जिल्लामा बाँकी अधिवेशन अनिश्चितकालका लागि स्थगित

  • 2.5K
    SHARES

  • कांग्रेसको १६ जिल्लामा बाँकी अधिवेशन अनिश्चितकालका लागि स्थगित

    बुटवल,माघ ७ ।

    नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। 

    कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ। 

    मधेश प्रदेशका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि तय गरिएको थियो। कोरोना संक्रमण घटेर जनजीवन सामान्य बनेपछि ति जिल्लाको अधिवेशनको मिति तोकिने समितिले विज्ञप्तिमार्फत् जनाएको छ।

    सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कैलाली, बाँके,अछाम र नवलपुरको अधिवेशन हुन बाँकी छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology