Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लोक सेवा आयोगका परीक्षाहरु पनि माघ मसान्तसम्म स्थगित

लोक सेवा आयोगका परीक्षाहरु पनि माघ मसान्तसम्म स्थगित

  • 2.9K
    SHARES

  • लोक सेवा आयोगका परीक्षाहरु पनि माघ मसान्तसम्म स्थगित

    बुटवल,​​​​​​​माघ ६ ।

    कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले पनि परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।

    आज बसेको आयोगको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

    माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु पनि हाललाई स्थगित भएका छन् ।

    देशभर कोरोना संक्रमणको दर बढेको र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि परीक्षा स्थगित गर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ ।

    यसअघि त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology