Logo बिहिवार, आश्विन १ गते २०८३
images

आयोजकले गृहमन्त्री खांणको नाम नलिएको भन्दै कांग्रेस बुटवल नगर सभापति पाण्डेको आक्रोश

आयोजकले गृहमन्त्री खांणको नाम नलिएको भन्दै कांग्रेस बुटवल नगर सभापति पाण्डेको आक्रोश

  • 12.3K
    SHARES

  • आयोजकले गृहमन्त्री खांणको नाम नलिएको भन्दै कांग्रेस बुटवल नगर सभापति पाण्डेको आक्रोश

    बुटवल,माघ ५ ।

    बुटवल उपमहानगरपालिकाको भवन उद्घाटनका क्रममा गृहमन्त्री बालकृष्ण खांणको नाम नलिएको भन्दै कांग्रेस नगर सभापति खेलराज पाण्डेयले आक्रोश ब्यक्त गरेका छन् ।

    नगरको प्रशासनिक भवनको उद्घाटनको मूल समारोहमा बोल्दै सभापति पाण्डले आयोजकले रूपन्देहीबाट  निर्वाचित संघीय सांसद ,कांग्रेस केन्द्रिय सदस्य तथा गृहमन्त्री खांणको नामै नलिएको र सबै दललाइ नसम्झेको भन्दै आपत्ती जनाए । 

    बुटवलको नयां भवनमा सबैको योगदान रहेको भन्दै पूर्व मेयर,पूर्व जनप्रतिनिधि,तथा सबै दलहरुसंग नगरले समन्वय गर्न नसकेको दाबि गरे ।

    ‘नयां नगरहरुले आजसम्म कति काम गरे,२०१६ सालमा स्थापित हाम्रो नगर किन पछि पर्यो,किन जनताले पक्षमा काम हुन सकेन,बुटवलको मूल सडक,ज्योतिनगर पहिरो पिडीतको अवस्था,अब्यबस्थित सुकम्बासी ब्यबस्थापन किन भएन ’उनको प्रश्न छ ।

    नगरले काम गरे वा नगरेको बारेमा जनताले मुल्यांकन गरिरहेको उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology