Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यस्ताे छ बुटवल उपमहानगरपालिकाको अत्याधुनिक भवन,भोलि उद्घाटन (फाेटाेफिचर)

यस्ताे छ बुटवल उपमहानगरपालिकाको अत्याधुनिक भवन,भोलि उद्घाटन (फाेटाेफिचर)

  • 9.0K
    SHARES

  • यस्ताे छ बुटवल उपमहानगरपालिकाको अत्याधुनिक भवन,भोलि उद्घाटन (फाेटाेफिचर)

    बुटवल,माघ ४ । 

    बुटवल उपमहानगरपालिकाले अत्याधुनिक भवन निर्माण गरेको छ । असार ०७५ मा शिलान्यास भएको भवनको भोलि पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।butwal upamahanagarpalika  (3).jpg butwal upamahanagarpalika  (2).jpg

    पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरि नयाँ भवन निर्माण भएको नगर प्रमुख शिबराज सुवेदीले नागरिक अनलाइनलाइ बताए ।butwal nagarpalika.jpg

    प्रमुख प्रशासनिकसहित ६ वटा ब्लकमा भवन निर्माण भएको हो ।अहिले निर्माण भएको भवन ‘ए ब्लक’ हो । चार तलाको आधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार तीन सय ८१ रुपैयाँ ५२ पैसा रहेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।

    निर्माण कम्पनी विकोही, शिवशक्ति, वन्दन भगवति जेभी न्यु बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार पाँच सय ७२ रुपैयाँ ८४ पैसामा ०७८ असारमा सक्ने गरी ठेक्का सम्झौता गरिएपनि निर्माणमा ढिलाइ भएको हो ।

    भवनको अन्डरग्राउन्डमा एक सय ६ वटा मोटरसाइकल र ३५ वटा कार पार्किङ गर्न मिल्नेछ । पहिले रहेको तिलोत्तमा पार्क मासेर कार्यालय भवन निर्माण गरिएको हो ।  मुलुकमा गणतन्त्र आएसँगै तत्कालीन शाही सरकारले निर्माण गरेको ‘महेन्द्र पार्क’को नाम परिर्वतन गरी तिलोत्तमा पार्क राखिएको थियो ।butwal upamahanagarpalika  (1).jpg

    हाल बुटवल उपमहानगरपालिकाको दायाँपट्टि रहेको बुटवल उपमहानगरले भवन बनाएको हो  । कोभिडको संक्रमण जोखिमका कारणले उद्घाघाटन समारोह संक्षिप्त र भर्चुअलबाट हुने छ ।

    भवनको उद्घाटन अनलाइनको भर्चुअल विधिबाट हुनेछ भने समारोह स्थलमा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरु स्वास्थ्य मापदण्ड पालना गर्दै सहभागि हुने  बुटवल उपमहानगरपालिका प्रेस सल्लाहकारअमृत गिरीले बताए।

    समारोह स्थलमा अतिथिका रुपमा माननीयहरू लिला गिरी, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरी,प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत सहभागी हुनेछन् । butwal upamahanagar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology