Logo बिहिवार, आश्विन १ गते २०८३
images

मेडिकल कलेजका सञ्चालक शर्मालाइ सिंहदरबारभित्रै कालोमोसो,५ विद्यार्थी नेता पक्राउ

मेडिकल कलेजका सञ्चालक शर्मालाइ सिंहदरबारभित्रै कालोमोसो,५ विद्यार्थी नेता पक्राउ

  • 1.9K
    SHARES

  • मेडिकल कलेजका सञ्चालक शर्मालाइ सिंहदरबारभित्रै कालोमोसो,५ विद्यार्थी नेता पक्राउ

    बुटवल,पुस ३० ।

    काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई विद्यार्थी संगठनका नेताहरूले कालोमोसो दलेका छन् ।

    मेडिकल कलेजले लिँदै आएको शुल्क विवादसम्बन्धी विद्यार्थी र मन्त्रीसँग मन्त्रालयमा वार्ता सकाएर निस्कनेक्रममा शर्मालाई सिंहदरबारभित्रै कालोमोसो दलिएको हो ।

    मन्त्रालयबाट बाहिरिँदै गर्दा विद्यार्थी नेताले नमस्कार सर भनेका थिए । तर, शर्माले नमस्कार फर्काउन नपाउँदै उनीमाथि कालोमोसो दलिएको प्रत्यक्षदर्शीले बताए ।

    शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एसनिकटको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन पक्राउ परेको बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology