बुटवल,पुस ३० ।
बुटवलको मिलनचोकमा रहेको प्लान बी डान्स बार क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ । २ घण्टापछिआगो नियन्त्रणमा लिइएको हाे ।
शनिबार शुभारम्मको गर्ने तयारीमा रहेको निर्माणधिन प्लान बी डान्स क्लबमा शुक्रबार मध्यान्ह आगलागी भएको थियो ।
आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएकोे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले नागरिक अनलाइनलाई बताए । ओलडिङ्ग गर्ने क्रममा अचानक क्लबमा आगलागी प्रहरीले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए।
आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका,भैरहवा,तिलोत्तमा, देवदह र सैनामैनाका दमकलको प्रयोग भएको हाे ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)