Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मौलिक जरोकिलो पार्टी : लुम्बिनी प्रदेश अध्यक्षमा अर्याल,महासचिवमा जीवन भण्डारी

मौलिक जरोकिलो पार्टी : लुम्बिनी प्रदेश अध्यक्षमा अर्याल,महासचिवमा जीवन भण्डारी

  • 2.8K
    SHARES

  • मौलिक जरोकिलो पार्टी : लुम्बिनी प्रदेश अध्यक्षमा अर्याल,महासचिवमा जीवन भण्डारी

    बुटवल,पुस २८।

    मौलिक जरोकिलो पार्टीको लुम्बिनी प्रदेश अधिवेशन  सम्पन्न भएको छ ।  लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले बिष्णु अर्यालको अध्यक्षतामा ९ सदस्यीय लुम्बिनी प्रदेश समीती सर्वसम्मत चयन गरेको हाे। दाङको घोराहीमा भएको अधिवेशनबाट  जीवन भण्डारी निर्बिरोध महासचिवमा चयन भएका छन् ।

    मौलिक जरोकिलो पार्टीको लुम्बिनी प्रदेश अधिवेशनले बिष्णु अर्यालको अध्यक्षतामा ९ सदस्यीय लुम्बिनी प्रदेश समीती सर्वसम्मत चयन गरेको छ। पार्टीका उपमहासचिव एवं प्रवक्ता मित्रलाल सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन प्रकाश श्रेष्ठले गर्नु भएको थियो ।

    मौलिक जरोकिलो पार्टीले राष्टनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३००औ जन्म जयन्ती , एकता दिवस तथा प्रथम हिमवतखणड पुनर्जागरण दिवश को पावन अबसरमा बडामहाराजाधिराज सरकारको तस्बिरमा माल्यार्पण गर्दै उहाँले नेपालका लागि गरेको योगदानको चर्चा गरिएको थियो ।

    प्रकाश श्रेष्ठको अध्यक्षता, मित्रलाल सापकोटाको प्रमुख आतिथ्यता र संगिन श्रेष्ठको संचालनमा कार्यक्रम भएको हाे ।
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology