Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलवस्तुमा सवारी दुर्घटना,शाइन रेसुङ्गा बैंकका शाखा प्रमुख अनुराग पाण्डेको मृत्यु

कपिलवस्तुमा सवारी दुर्घटना,शाइन रेसुङ्गा बैंकका शाखा प्रमुख अनुराग पाण्डेको मृत्यु

  • 2.5K
    SHARES

  • कपिलवस्तुमा सवारी दुर्घटना,शाइन रेसुङ्गा बैंकका शाखा प्रमुख अनुराग पाण्डेको मृत्यु

    बुटवल,पुस १४ ।

    कपिलवस्तुमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा बस र कार ठोक्किंदा भएको दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    वाणगंगा नगरपालिका–२ घर भएका पाण्डे शाइन रेसुङ्गा विकास डेभलपमेन्ट बैंकको जितपुर शाखा प्रमुख एवम् क्लस्टर हेड हुन् ।

    उनी कपिलबस्तु जेसिजका पूर्व अध्यक्ष समेत हुन् ।

    कारमा सवार वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्मा र कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनाल घाइते छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    गएराति नौ बजेतिर चारनम्बरबाट गोरुसिंगे जाने क्रममा कारलाई शुरुमा ट्रकले ठक्कर दिएको र लगत्तै ना ५ ख ३३८७ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको थियो ।

    सुरुमा दुर्घटनामा घाइते भएकाहरुलाई  चार नम्बर सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि गम्भीर घाइते पाण्डेलाई थप उपचार गर्न रुपन्देहीको क्रिमसन अस्पताल लगिएको थियो ।

    उनको राति १० बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

    अर्का घाइते वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्माको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । 

    कारमा सवार अर्का घाइते कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनालको पनि भैरहवामा उपचार जारी छ । छातीमा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा बसमा सवार प्यूठानको नौबाहिनी नगरपालिका ७ का ३३ वर्षीय जोगेन्द्र रोका पनि घाइते भएका छन् । उनको मुखमा चोट लागेको छ । रोकाको कपिलवस्तुको ४ नम्बरस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

    बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology