Logo बिहिवार, आश्विन १ गते २०८३
images

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

  • 3.1K
    SHARES

  • जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

    बुटवल,असाेज २१- 

    जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भएको जीप दुर्घटनामा वडा ११ का वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    बुधबार दिउँसो २ बजे भे १ ज ९३५ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा जुनीचाँदे–१ का अन्दाजी ६५ वर्षीय बुद्धि बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, वडा ११ वडाअध्यक्ष अम्मर बहादुर शाही र ३० वर्षीय खिम बहादुर शाही रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

    जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको उनले जानकारी दिए। घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाबाट प्रहरी गएको छ। 

    जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ। प्रहरीले घटनाबारे थप खोजी गरिरहेको वास्तोलाले जानकारी दिए। ‘हालसम्म मृतक ५ जनाको मात्र नाम आएको छ, बाँकी घटनामा के भएको छ भन्नेबारे प्रहरीले हेरिरहेको छ,’ उनले भने।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology