बुटवल,पुस ५ ।
बुटवलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्थापना गरिएको छ । स्वास्थ्य क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा कायम राख्न परिषद्को स्थापना गरिएको हाे ।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि लुम्बिनी प्रदेश ईकाई कार्यालय स्थापना गरिएको परिषद कार्यकारी निर्देशक प्रदिप ज्ञवालीले बताए । आम्दा अस्पताल परिसरमा लुम्बिनी प्रदेशको कार्यालय स्थापना गरेर २ जना कर्मचारीसहित काम शुरु भएको हो ।
नेपाल स्वस्थ्य अनुसन्धान परिषद कार्यकारी निर्देशक प्रदिप ज्ञवालीले कोभिड संक्रमणपछि नेपालको स्वस्थ क्षेत्रमा रिसर्चको महत्वमा जोड दिन थालिएको बताए । स्वास्थ्य मन्त्रालयअन्तरगत रहेको यो कार्यालयले आफै र अन्य संस्थालाई रिसर्च गर्न आवश्यक कागजी र बैज्ञानिक अनुसन्धान गर्दै आएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय मापदण्ड, ईथिकल हुनुपर्ने भन्दै उनले यसको आधारमा नीति बनाउन समेत यस प्रकारको रिसर्चको आउटपुट सहयोगी हुने उनले बताए ।
कोभिड १९ संक्रमणको बेला प्लाज्मा डोनेसनको काम सफलता मिलेको स्मरण गर्दै अहिले नया २ वटा रिसर्चको काम शुरु भएको उनले बताए । गतहप्ता जनकपुरमा स्थापना गरिएको भन्दै प्रदेशस्तरमा कार्यालय खोल्ने काम जारी रहेको छ।
सरकारको नीति अन्तर्गत रिसर्च जरुरी रहेको भन्दै उनले केन्द्र सरकारबाट गरिएको रिसर्च पर्याप्त नभएका कारण प्रदेशमा समेत गर्ने,रिसर्चर तालिम गर्न समेत यो आवश्यक रहेको ज्ञवालीको भनाइ छ ।अक्सफोर्ड विश्वविद्यालयको समन्वयमा कोभिडको रिकभरी ट्रायल जारी रहेको उनले जानकारी दिए ।
‘कोभिड पछि अहिले नेपालमा एन्टिबडीको अध्ययन अनुसन्धान गरिएको छ, खोप लगाएको भन्दा नलगाएकाहरुमा कोभिडको प्रभाव छ, बुस्टर डोज आवश्यक रहेको अनुसन्धानबाट देखिएको छ ।’उनले सुनाए ।
स्थायी संरचना सहित बनाइने अनुसन्धान परिषद्का लागि रुपन्देही तिलोत्तमा नगरपालिकाको सरस्वती माबिको २ बिगाहा जग्गा माग भैसकेको उनले बताए । आम्दा अस्पतालका डा.राजेन्द्र बस्यालले विश्वका सबैजसो देशहरुमा स्वस्थ्य रिसर्चहरु काउन्सिलबाट गरिने र सबैभन्दा महत्त्वपूर्ण स्थानका रुपमा लिईने गरेको बताए ।
नेपालमा निक्कै सुस्त अवस्थामा रहेको दुखेसो गर्दै मानव अंग सबैसंग जोडिएका रिसर्चहरुलाई समेटेर अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा कार्यालयका अनुसन्धान अधिकृत विजयक्रान्ति शाक्य, डा. प्रशान्त पौडेलले अनुसन्धानकर्ताहरुलाई कार्यालयको बारेमा जानकारी गराउदै नयानया ढंगका अनुसन्धानमा जोड दिने बताए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)