Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

विमानस्थलमा काम गर्ने रुचि भएकाहरुका लागि बुटवलमा तालिम हुँदै 

विमानस्थलमा काम गर्ने रुचि भएकाहरुका लागि बुटवलमा तालिम हुँदै 

  • 1.6K
    SHARES

  • विमानस्थलमा काम गर्ने रुचि भएकाहरुका लागि बुटवलमा तालिम हुँदै 

    बुटवल,मंसिर २६।

    विमानस्थलमा काम गर्ने र बिमानस्थलीय सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले बुटवलमा गुणस्तरिय विमास्थल सेवा सम्वन्धि तालिम हुने भएको छ ।

    विमानस्थलभित्र हुने ¥याम्प सर्भिस, सुरक्षा सम्वेदनशिलता, कार्गो सेवा, स्थलगत ब्यवस्थापन, ट्राभल एण्ड टुरिजम लगायतका विषयमा दक्ष जनशक्ति उत्पादनका लागि बुटवलमा तालिम हुन लागेको हो । रुपन्देहीको भैरहवामा संचालन हुन थालेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि दक्षजनशक्ती उत्पादनका लागि एक्स इन्ष्टिच्युट अफ हस्पिटालिटीले दिने भएको हो ।

    विश्व प्रख्यात तालिम प्रदायक आएटा ट्रेनिङ्ग सेन्टरबाट सम्वन्धन प्राप्त एलिजम एचआर सलुशन र एक्स एक्स इन्ष्टिच्युट अफ हस्पिटालिटी बुटवलले शनिबार बुटवलमा गरेको अभिमुखिकरण कार्यक्रममा विमानस्थलमा काम गर्ने दक्षजनशक्तिका लागि बुटवलमा तालिम दिन थालिएको बताइएको थियो । एलिजममा अध्यक्ष शरदचन्द्र काफ्लेले स्थानीय जनशक्ति स्थानीय स्तरकै हुनु पर्ने मान्यतालाई जोड दिएर बुटवलमा विमानस्थलीय जनशक्ति उत्पादन तालिम संचालन गर्न थालिएको बताउनुभयो ।

    विश्वबजारमा भएका हवाईकम्पनी र विमानस्थलमा विक्ने सर्टिफिकेट आएटाको हुने भएकाले आएटासँग सम्वन्धन प्राप्त एलिजम र बुटवलको एक्स ईन्ष्टिच्युटको समन्वयमा तालिम गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार आएटा डिप्लोमा कोर्समा एयरपोर्ट ¥याम्प सर्भिसेस, प्यासेन्जर ग्राउण्ड सर्भिस, सेक्युरेटि, कार्गो सेवा, ट्राभल एण्ड टुरिजम लगायतका विषयमा तीन महिने तालिन हुने छ ।

    तालिम पश्चात विश्वका कुनैपनि विमानस्थलमा काम गर्न सजिलो हुने पनि उहाँले दावी गर्नुभयो । एक्स इन्ष्टिच्युट अफ हस्पिटालिटी बुटवलका प्रवन्ध निर्देशक निलम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आएटाका रिजनल ट्रेनिङ्ग डायरेक्टर लोकेश मट्टा, विटीटिएम कोओर्डिनेटर अन्जु खनाल, एलिजमका प्रशिक्षक दिपक गुरुङ्ग लगायतले यसक्षेत्रमा विमानस्थलिय ब्यवस्थापन जनशक्ति उत्पादन तालिम आवश्यक रहेको बताउनु भएको थियो ।

    संचारकर्मी झविन्द्र देवकोटाको संचालनमा भएको कार्यक्रममा विमानस्थलमा काम गर्न रुचि भएका दुई दर्जनबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology