बुटवल,मंसिर २६ ।
नेक्स्ट रिभोलुसन नेपालले मिस वेस्टर्न नेपाल २०२१ को आयोजना गर्ने भएको छ । मिस वेस्टर्न नेपाल २०२१ को खोजीका लागी आवेदन खुल्ला भएको छ ।
१८ वर्षदेखि २५ वर्ष उमेर समूहका एसईई (दस जोर दुई अथवा सो सरह अध्ययन पुरा गरेका अविवाहित नेपाली युवती हुनुपर्ने मापदण्ड राखिएको छ भने यी मापदण्ड पूरा भएका लुम्बिनी प्रदेशमा बसोबास गर्ने , अध्ययन गर्ने तथा व्यवसाय गर्ने नेपाली युवतीहरुले मिस वेस्टर्न नेपालका लागी आवेदन दिन पाउने आयोजकले बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।
मंसिर २६ गते बिहान १० बजेदेखी पुस ९ गते साझ ५ बजेसम्म आवेदन खुल्ला गरीएको नेक्स्ट रिभोलुसन प्रा।लि। का प्रबन्ध निर्देशक राजिव खनालले जानकारी गराउनुभयो ।
। उक्त समयमा आवेदन भरेका युवतीहरुको पुस १० गते बिहान ११ बजे प्रथम अडिसन हुनेछ । उक्त अडिसनबाट छनोट भएका प्रतिसप्रधीहरुलाई पुस ११ गतेदेखी कोरीयोग्राफर र प्रशिक्षकहरुबाट प्रशिक्षण गरीने र मिस वेस्टर्न नेपाल २०२१ मा बिजेता हुने प्रतियोगीले सिधै मिस नेपालको फाइनलमा प्रतिसप्रधीको रुपमा प्रवेश गर्ने सुवर्ण अवसर पाउने छन् ।
यस वर्षको मिस वेस्टर्न नेपाल २०२१ को घोषणा समारोह माघ १ गते हुनेछ । प्रतियोगीतामा मिस वेस्टर्न नेपाल २०२१ मिस फोटोजेनिक ,मिस ट्यालेन्ट, मिस मल्टीमिडीया,सेकेन्ड रनरअप, फस्ट रनरअप र विजेता विधामा उपाधि प्रदान गरीने नेक्स्ट रिभोलुसन प्रा।लि। को चिफ विजनेस अफिसर विन्दु खरालले जानकारी दिनुभयो ।
वि।सं। २०७४ सालमा स्थापना भई विभिन्न आयाममा आफ्नो भूमिका प्रदान गर्दै आएको नेक्स्ट रिभोलुसन प्रा।लि ले स्थापना कालदेखी १८ बर्ष देखी २५ वर्ष उमेरसमूहका युवतीहरुको नेतृत्व विकास, महिला सशक्तिकरण व्यक्तित्व विकास गराउने उद्देश्यले मिस वेस्टर्न नेपाल २०२१ को आयोजना गरीएको नेक्स्ट रिभोलुसन प्रा।लि। का अध्यक्ष दिपक ढकालले जानकारी दिनुभयो ।
नेक्स्ट रिभोलुसन प्रा।लि ले कार्यक्रम विकासकर्ता, कार्यक्रम आयोजक तथा तालिम गृह र डिजिटल मार्केटिङ सहजकर्ताका रुपमा विगत ४ वर्ष देखी कार्य गर्दै आइरहेको संस्था हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)