Logo बिहिवार, आश्विन १ गते २०८३
images

२९ मंसिरमा तिलोत्तमालाइ बालमैत्री नगरपालिका घोषणा गरिँदै

२९ मंसिरमा तिलोत्तमालाइ बालमैत्री नगरपालिका घोषणा गरिँदै

  • 2.1K
    SHARES

  • २९ मंसिरमा तिलोत्तमालाइ बालमैत्री नगरपालिका घोषणा गरिँदै

    बुटवल,मंसिर १४ ।

    तिलोत्तमा नगरपालिकाले यहि मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । जसअन्तर्गत रहेर तिलोत्तमा नगरका सबै १७ वटा वार्डमा बाल मैत्री अभियानलाई तिब्र पार्दै ५१ वटा सुचक पुरा गर्ने लक्ष्य लिएको छ।

    बाल बालिकाको अधिकार सुनिस्चित गर्न बाल बालिकालाई स्वास्थ्य , शिक्षा , संरक्षण, सहभागिता तथा सस्थागत गर्न हरेक तबरले वार्ड वार्डमा सबै टोलटोलमा अनि सबै बिध्यलयहरुमा अहिले बालमैत्री अभियानका लागि गरिने क्रियाकलाप लाई तिब्र गतिमा अगाडी बधाइएको छ । विभिन्न बालबालिकाको जन्मदर्ता, शिक्षा, बालमैत्री सिकाई, निक्रिस्ट बालश्रम बिरुद्ध तथा बालविबाह सम्वन्धि र्याली, सडक नाटक, अभियान, पर्चा पम्प्लेट तथा ब्यानर लागायतका कार्यहरु गर्दै आएको छ ।

     यसै सन्दर्भमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बाल मैत्री नगर बनाउने अभियानमा सबै मिलेर जुट्न आग्रह गर्नुभएको छ ।

    बाल बालिकाको अधिकार सुनिस्चित गर्न सके मात्र देश बिकाशको आधार निर्माण हुने भन्दै नगरप्रमुख घिमिरेले नगरपालिका भित्रका बाल बालिकाको अधिकार सुनिस्चित गर्न अभिभाबक, शिक्षक, स्वास्थ्यकर्मी, बुद्धिजीबी, संचारकर्मी,संघ सस्थाका प्रतिनिधि, आम नागरिक सबै सचेत भएर अघि बढ्नुपर्ने बताउनुभयो।

    बालबालिकालाई बाल श्रम गराउने, शिक्षाबाट बन्चित गराउने, विभिन्न कार्यमा खटाउने प्रयोग गर्ने, लागुपदार्थ दुर्व्यसन र मादक पदार्थ किन बेच तथा प्रयोगमा सामेल गराउने जस्ता अवान्छित क्रियाकलाप गराएको खण्डमा कानुन अनुसार कारबाही गरिने जानकारी गराउदै नगर प्रमुख घिमिरेले बालबिबाह जस्तो सामाजिक अपराध गर्नेहरु समेत सचेत हुनुपर्ने बताउनुभयो ।

    bal maitri nagar.jpg

    बालमैत्री अभियान समग्र देशको कर्णधार हरुको बिकाशमा सम्बन्धित भएकाले समयमै त्यस्तो खाको बाताबरण बनाएर अघि बढ्नुपर्ने तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले बताउनुभयो।

    महिलासंगै बालबालिकाको संरक्षण, सम्बर्धन, हकहित र सुरक्षाका लागी सबै अग्रसर भएर लाग्नुपर्नेमा उहाको जोड रहेको छ। 
    बालामत्री नगर घोषणाले समग्र नगरको चेतना संगै बिकाश र सम्वृद्धिलाइ अगाडी डोहोर्याउन सफल हुने बिश्वास गर्दै तिलोत्तमा नगरपालिकाकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलले दिगो बिकाश को लक्ष्य पुरा गर्न र जनप्रतिनिधिले घोषणा पत्रमा उल्लेख गरेका लगभग ७५ प्रतिशत सेवालाइ पुरा गरि निरन्तरता दिन सघाउ पुर्याउने बताउनुभयो।

    प्रमुख प्रसासकिय अधिकृत पौडेलले बालबालिकाको लागि छुट्टै बाताबरण सृजना गरि उनीहरुलाई सहज तरिकाले बाच्न पाउने अधिकार, सिकाइ गर्न पाउने अधिकार, आधारभूत अधिकार, स्वास्थ्य शिक्षा, सहभागिता र बालबालिकालाई समाजमा संस्थागत गर्न बालमैत्री नगर निर्माणले सघाउ पुर्याउने बताउनुभयो।

    त्यस्तै शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बिद्यालय, स्वास्थ्य चौकी,टोल टोल, आमा समूह, युवा क्लब, प्रहरी, अभिभावक, बुद्धिजिबी, संचारकर्मी, सरकारी तथा गैह्र सरकारी सस्था, सार्बजनिक स्थान आदिमा बालमैत्री बाताबरण निर्माण गर्न नगरपालिका अग्रसर भएकोले यो अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ।

    उहाले अब तिलोत्तमा नगरमा बालमैत्रीका ५१ सूचक मध्ये केहि सूचक मात्रै पुरा गर्न बाँकी रहेकोले सबैको सहयोगले मङ्सिर २९मा नगरलाई बाल मैत्री नगर घोषणा गर्न सकिने बताउनुभयो। सबैले मिलेर आफ्नै भविष्य कोर्ने अवसर आएको बताउदै बालमैत्री अभियानले सोचेको भन्दा बढी सार्थकता पाएकोमा शिक्षा शाखा प्रमुख आचार्यले खुशी ब्यक्त गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology