Logo बिहिवार, आश्विन १ गते २०८३
images

शक्ति राष्ट्रहरूको दबाव अस्वीकार गर्ने आँट गठबन्धनसँग छ : प्रदेश प्रमुख शेरचन

शक्ति राष्ट्रहरूको दबाव अस्वीकार गर्ने आँट गठबन्धनसँग छ : प्रदेश प्रमुख शेरचन

  • 2.5K
    SHARES

  • शक्ति राष्ट्रहरूको दबाव अस्वीकार गर्ने आँट गठबन्धनसँग छ : प्रदेश प्रमुख शेरचन

    बुटवल,कार्तिक ८ ।

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शक्ति राष्ट्रहरू अहिलेको गठबन्धन भत्काउनेतर्फ लागेको बताउनु भएको छ । चितवनको भरतपुरस्थित आफ्नै निवासमा नेकपा माओवादी केन्द्र भरतपुर– २६ दिव्यनगरले गरेको सम्मान कार्यक्रममा शेरचनले शक्ति राष्ट्रहरूको दबाब अस्वीकार गर्ने आँट गठबन्धनसँग भएको बताउनुभयो । 

    उहाँले भन्नुभयो,-‘विदेशी शक्तिहरूमार्फत नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि ठूलो चुनौती देखिएको छ, राष्ट्रिय रूपमा अप्ठ्यारो परिवेश भए पनि यो गठबन्धनले लोकतन्त्र, गणतन्त्र बचाउन अहिलेको विदेशी हस्तक्षेपलाई परास्त गर्ने विश्वास मैले लिएको छु ।’ 

    उहाले पछिल्लो समय बुझीनबुझी संघीयताका विरोधी र राजतन्त्रका पक्षमा भएका टीकाटिप्पणीसमेत अर्थहीन भएको बताउनुभयो । उहाले भन्नुभयो- ‘दास व्यवस्थातर्फ हैन, वैज्ञानिक र उत्कृष्ट समाज विकासमा छलफल गर्न सकिन्छ । तर यसको विरोध आवश्यक छैन ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology