Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

सल्यानमा श्रीमानले बसुलाले हानेर गरे श्रीमतीको हत्या

सल्यानमा श्रीमानले बसुलाले हानेर गरे श्रीमतीको हत्या

  • 1.9K
    SHARES

  • सल्यानमा श्रीमानले बसुलाले हानेर गरे श्रीमतीको हत्या

    दाङ,कात्तिक ३ ।

    सल्यानमा एक श्रीमानले आफ्नै श्रीमतीलाई बसुला प्रहार गरि हत्या गरेका छन् । जिल्लाको कुमाख ५ तिमिलेमा ४७ बर्षीय कबिराम खड्काले ४२ बर्षीया श्रीमती कली खड्काको हत्या गरेका छन् ।

    जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले अत्यधिक मदिरा सेवन गरेका श्रीमानले छोरा छोरी संगै सुतिरहेकी श्रीमतिलाई बसुलाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

    १४ बर्षीय छोरा र ६ बर्षीय छोरीसंगै सुतिरहेकी तथा निदाएकी श्रीमतीलाई मदिरा सेवन पछि श्रीमानले बसुला प्रहार गरि हत्या गरेको देखिन आएको  डिएसपी थापाले बताउनु भयो ।

    प्रहरीलाई राति नै  छोराले घटनाबारे खबर गरेपछि प्रहरी गएर आरोपितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । डिएसपी थापाका अनुसार त्यसअघि पनि श्रीमान र श्रीमातीका बीचमा घरायरी कुराहरुका कारण सामान्य बिबाद हुँदै आएको थियो ।

    मंगरबार राति ११ अत्यधिक मदिरा सेवन गरेपछि कबिरामले श्रीमती कली छोरा छोरी संगै सुतिरहेको समयमा बसुला प्रहार गरि हत्या गरेको डिएसपी थापाले जानकारी दिनुभयो ।

    घटनाबारे थप अनुसन्धान सुरु गरिने प्रहरीले जानकारी दिएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology