Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपका घाइते ३ जनाको मृत्यु

मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपका घाइते ३ जनाको मृत्यु

  • 7.6K
    SHARES

  • मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपका घाइते ३ जनाको मृत्यु

    बुटवल,असाेज २४ ।

    रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा तीन जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका १३ जना मध्ये ३ जनाको मृत्यु भएको हो । 

    अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले भने,-‘हाम्रो अस्पतालमा ५ जना प्रहरी र ८ जना सर्वसाधारण घाइते आएका थिए । तीमध्ये तीन जना अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । एक जना गम्भीर घाइते छन् । अन्यको उपचार हुँदैछ ।’

    तर, प्रहरी प्रशासनले घटना मृत्युको पुष्टि गरेको छैन । जग्गा कब्जा गरी बसेका र प्रहरीहरूबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गुमेको हो । motipur.jpg

    बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

    उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतवार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

    स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतवार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।Butwal-prashahn-release.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology