Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘सामुदायिक शिक्षा सुधारका लागि राज्य जिम्मेवार बन्नुपर्छ’

‘सामुदायिक शिक्षा सुधारका लागि राज्य जिम्मेवार बन्नुपर्छ’

  • 2.5K
    SHARES

  • ‘सामुदायिक शिक्षा सुधारका लागि राज्य जिम्मेवार बन्नुपर्छ’

    बुटवल,असाेज २४ ।

    नेपाल शिक्षक संघ,देवदह नगर समितिको आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।  महामाया भवानी मा वि, भवानीपुरमा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भएको  हाे ।

    शिक्षक संघ, देवदहका अध्यक्ष निर्मल ढुङ्गानाको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक संघका संघीय महासचिव सोमनाथ गिरीले सामुदायिक शिक्षा सुधारका लागि राज्य जिम्मेवार बन्नु पर्ने बताउनु भएको थियो । उहाँले सरकारलाई थ‍ोरै अफ्ठेरो परे विधेयक रातारात ल्याउने तर देशको भविष्यसँग जोडिएको शिक्षा ऐन ल्याउन नसक्नु बिडम्बना भएको बताउनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि देवदह नगरपालिकाका नगर प्रमुख हीराबहादुर खत्रीले नेपालको शिक्षा सबलीकरणका लागि आमूल परिवर्तन गर्न जरुरी रहेको बताउनु भएको थियो ।

    शिक्षामा आमूल परिवर्तन आउनका लागि सर्वप्रथम शिक्षकहरु सम्मानित र पेशाप्रति दत्तचित्त भइ काम गर्ने वातावरण तयार हुन जरुरी रहेको बताउनु भएको छ ।विशिष्ट अतिथि नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद लामिछानेले शिक्षक सम्मानित हुने कुरामा अधिकांश सरकारले शिक्षकहरूलाई धोका दिएका कारण आन्दोलनको बलबाट मात्र आदर्श शिक्षाको बाटोमा अघि बढ्न सकिने बताउनु भएको थियो ।

    नेपाल शिक्षक संघकी उपाध्यक्ष मनकला पाण्डेको स्वागत र सचिव उमाकान्त अधिकारीको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल शिक्षक संघका संघीय प्रतिनिधि दूधनाथ कँवर, नेपाल शिक्षक महासंघका केन्द्रीय प्रतिनिधि झविन्द्रप्रसाद पाण्डेय, नेपाल शिक्षक स‌ंघका जिल्ला उपाध्यक्ष रूपकुमार रायमाझी, नेपाल शिक्षक संघका जिल्ला सहसचिव यमलाल भट्टराई, नेपाली कांग्रेस रूपन्देही जिल्ला सदस्य वासुदेव रिमाल, नेपाली कांग्रेस देवदह नगरका सभापति गुणाखर भुर्तेल, विश्वराज खनाल स्मृति अक्षय कोषका स्थापनाकर्ता प्रमोद खनाल, स्थानेश्वर अर्याल स्मृति अक्षय कोषका स्थापनाकर्ता कृष्णप्रसाद अर्याल, नेपाल शिक्षक महासंघका उपाध्यक्ष हरिप्रसाद भण्डारी,  शिक्षा समितिका सदस्य तथा भविष्य निर्माण मा विका प्रधानाध्यापक गोविन्दप्रसाद भुषाल, विद्यालय कर्मचारी कुल बहादुर खबास लगायतले शुभकामना मन्तव्य राख्नुका साथै शिक्षक संघ, देवदहको सक्रियताप्रति आभार प्रकट गर्नु भएको थियो । 

    उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस देवदहको १४ औँ महाधिवेशनमा देवदह नगरबाट निर्वाचित सभपति गुणाखर भुर्तेल, उपसभापति प्रमोद खनाल, सचिवद्वय नेत्रलाल रिजाल र गणेशप्रसाद तिमल्सिना, सहसचिवद्वय मिलन मास्के र वैरागी थारुलाई बधाई र सफल कार्यकालको लागि शुभकामना सहित खादा ओढाइ सम्मान गरिएको थियो । उक्त कार्यक्रममा करिव २० जना नव प्रवेशी सदस्यहरूलाई नेपाल शिक्षक संघ देवदहमा स्वागत गरिएको थियो ।teacher.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology