बुटवल,असोज २० ।
लुम्बिनी प्रदेश सरकारले बिद्युतीय बस संचालनको अवधारणा अगाडी सारेको छ । सरकारले निजीक्षेत्रलाइ प्रोत्साहन गर्दै प्रदेशका ८ शहर जोड्नेगरि बिद्युतीय बस संचालनको लागि ८ करोड बिनियोजन गरेको हो ।
लुम्बिनी प्रदेशले ल्याएको ४० अर्व ९५ करोड ९७ लाख बराबरको नयाँ बजेटमा बुटवल- भैरहवा,कोहलपुर -नेपालगंज,लमही भालुवाङ र घोराइ-तुलसीपुरखण्डमा बिद्युतीय बस संचालन गर्ने आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बताए ।
आर्थिक बर्ष ०७७-०७८ का लागि प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री खड्काले बुधबार सदनमा बजेट पेश गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)