बुटवल,असाेज ११-
रुपन्देहीमा आज ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। याे सगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६७० पुगेको छ।बुटवलमा २४ जना थपिएका छन् ।
पछिल्लो २४ घण्टामा विभिन्न ल्याबमा गरिएका परिक्षणअनुसार थप १७ महिला र २५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले बताए ।
सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ७ महिला र १७ पुरुष गरी २४, सिद्धार्थनगरमा ५ जना, तिलोत्तमा नगरपालिकामा ६ जना, सैनौमनामा ३ जना, देवदह, ओमसतिया, कञ्चन र मायादेवीमा १-१ जनामा संक्रमण पुष्टि भएको छ।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४ सय ५४ पुगेको शाहले जानकारी दिए।
कार्यालयका अनुसार हाल सम्म २२ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १७६३ जना निको भएर फर्किसकेका छन् भने ६७० जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)