Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

रूपन्देहीको गैडहवामा आमा–बाबुले नै गरे ८ महिने शिशुको हत्या

रूपन्देहीको गैडहवामा आमा–बाबुले नै गरे ८ महिने शिशुको हत्या

  • 2.7K
    SHARES

  • रूपन्देहीको गैडहवामा आमा–बाबुले नै गरे ८ महिने शिशुको हत्या

    बुटवल,भदौ २९ । 

    रुपन्देहीमा आमा–बाबुले नै ८ महिने शिशुको हत्या गरेको खुलेको छ । जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार आफ्नै घरमा ८ महिने शिशु सुरज मल्लाह मृत अवस्थामा भेटिएका थिए । मृतक शिशुको घरमा जग्गा सम्बन्धी बिबाद कारण दैनिक झगडा हुने गरेको प्रहरीले जनाएको छ ।

    सोही कारणले आफ्नै घरको छतमा ८ महिनाको नावालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुलेको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए  ।

    शिशुको हत्या भएकोे आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो ।

    मृतक शिशुका आमा–बुबाले प्रहरी समक्षा हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ ।

    घटनास्थल हेर्दा साे घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको र बिस्तारामा,विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत लागेको फेला परेको प्रहरीले जनाएको छ ।

    मृतक शिशुका आमा–बुबाले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology