Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

आत्महत्याको मूल कारण मानसिक समस्या : लुम्बिनी प्रदेशमा १३८३ जनाले ज्यान गुमाए

आत्महत्याको मूल कारण मानसिक समस्या : लुम्बिनी प्रदेशमा १३८३ जनाले ज्यान गुमाए

  • 2.6K
    SHARES

  • आत्महत्याको मूल कारण मानसिक समस्या : लुम्बिनी प्रदेशमा १३८३ जनाले ज्यान गुमाए

    बुटवल,भदाै २४ ।

    आत्महत्या न्युनिकरण गर्न संचार क्षेत्रको भुमिका महत्वपूर्ण हुने भन्दै संवेदनशिल भएर पत्रकारीता गर्न सुझाव दिइएको छ ।

    बुटवलमा भएको संचारकर्मीहरुको लागि अभिमुखिकरण कार्यक्रमका बक्ताहरुले आत्महत्या न्युनिकरण गर्न संचार क्षेत्रको भुमिका महत्वपूर्ण हुने भन्दै संवेदनशिल हुनुपर्ने बताए  ।

    कार्यक्रममा नसा तथा मानसिक रोग विशेषज्ञ डा विक्रम काफलेले आत्महत्या घटनालाई सन्सनीपुर्ण  नबनाउन आग्रह गरे । फोटो, भिडियो प्रयोगमा ध्यान दिने तथा आत्महत्यालाई कलंक वा अपराधका रुपमा चित्रण गर्न नहुने उनले बताए ।

    एउटा आत्महत्या प्रयास गरेको ब्यक्तिलाई मेडिकल उपचारसंगै आत्महत्या गर्न खोजेको कारण खोज्नेतर्फ पनि लाग्नसके त्यसले न्युनिकरण हुने उनको तर्क छ ।

    कोशिस नेपालका गणेश पौडेलले ७ वटा प्रदेशमध्ये लुम्बिनी दोस्रो ठूलो आत्महत्या हुने प्रदेशमा पर्ने बताए । प्रदेश १ मा १ हजार ५ सय १८, गण्डकी प्रदेशमा ६ सय ४४ जना, बाग्मतीमा १ हजार ३२ जना, लुम्बिनीमा १ हजार ३ सय ८३ जना, प्रदेश २ मा ९ सय ५९ जना, कर्णालीमा ३ सय ६५ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ८८ जनाले आत्महत्या गरेको तथ्यांकमा देखिन्छ ।

    कोशिस नेपालको टोल फ्रि नम्बरहरु १६६०७१५२००५ लुम्बिनी प्रदेशमा परामर्श सेवा दिदै आएको उनले बताए ।

    कार्यक्रममा क्लबका अध्यक्ष डा.सन्तोष पोखरेलले आत्महत्या रोकथाम गर्न संवेदनशिल रिपोर्टिङ जरुरी रहने बताए । आत्महत्या बढ्नुमा अप्रत्यक्ष रुपमा संचार क्षेत्र महत्वपुर्ण हुने भन्दै संचारकर्मीहरुलाई लक्षित कार्यक्रम गरिएको उनले बताए ।

    कार्यक्रममा डा रजत कायस्थ, कोसिस राष्ट्रिय मानसिक स्वस्थ्य स्वावलम्बन संगठन कोसिस नेपालका केन्द्र कुमारी चौधरी, यशोधा बगालेले लागुऔषध दुब्यसनी, दिर्घरोगी, आत्मिय ब्यक्तिको आत्महत्याको कारण, बलात्कार सामाजिक हिसा लगायत कारणहरु हुने भन्दै समाजमा आत्महत्याका बारेमा भएका भ्रमहरु चिर्न जरुरी रहेको बताए ।विश्वमा ८ लाख जनाले वर्षेनी आत्महत्या गर्ने गरेको तथ्याक छ ।

    प्रति ४० सेकेण्डको अन्तरमा एक जनाले आत्महत्या गर्ने यसबाट पुष्टि भएको छ । आर्थिक वर्ष २०७७-२०७८ मा नेपालमा विष सेवन, आगो लगाई, झुण्डिएर, औजार हातहतियार, हाम फालेर, करेन्ट लागेर, डुबेर ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेको तथ्याकमा देखिन्छ ।

    विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन र रोटरी ई क्लब अफ मेडिफयुजन हाईब्रिड नेपालको सहआयोजनामा कार्यक्रम भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology