बुटवल भदौ,२१ ।
एमाले नेता विष्णु पौडेल र टोपबहादुर रायमाझीले साता अघि बुटवलको ज्याेतिनगरमा खसेको पहिराेको आज अवलाेलन गरेका छन्। साे पहिराेले ५७ घरमा क्षति पुर्याएको थियो। एमाले उपमहासचिव समेत रहेका पाैडेल यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सांसद पनि हुन् ।
अत्याधिक दोहनले क्षतबिच्क्षद पारेको बुटवलको चुरे क्षेत्र चुरेमाथि डोजर लगाएका कारण पहिरोले बस्तीमा क्षति पुर्याएपछि नेताद्वय पौडेल र रायमाझी यस क्षेत्रमा आएका हुन्।
१३ र १४ भदौको भारी वर्षापछि बुटवल, ज्योतिनगरमा पहिरो गएको थियो। चुरे क्षेत्रबाट आएको पहिरोले १० घरमा क्षति पुर्यायो भने ६० भन्दा बढी घरमा लेदो पसेको थियो। २३ वर्षपछि ज्योतिनगरमा चुरेको पहिरो जाँदा ५७ घरमा क्षति पुगेको छ।
चुरे पहिरोले ज्योतिनगर, आदर्शनगर र लक्ष्मीनगरमा थप क्षति हुने सम्भावना बढी छ। 
२०५५ सालमा पहिरो गएपछि जापान सहयोग नियोग (जाइका) ले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रबाट बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनै पनि काम गर्न नहुने निष्कर्ष निकालेको थियो। संरक्षणभन्दा बढी चुरेको अतिक्रमण र यस क्षेत्रमा मानव निर्मित संरचना बन्न थालेपछि पहिरोको जोखिम बढ्न थालेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)