Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेसको १४ औँ महाधिवेशन : साझा उम्मेदवार घोषणा गर्ने रामचन्द्र पौडेल समूहको घोषणा

काँग्रेसको १४ औँ महाधिवेशन : साझा उम्मेदवार घोषणा गर्ने रामचन्द्र पौडेल समूहको घोषणा

  • 2.9K
    SHARES

  • काँग्रेसको १४ औँ महाधिवेशन : साझा उम्मेदवार घोषणा गर्ने रामचन्द्र पौडेल समूहको घोषणा

    बुटवल,भदौ १७ ।

    नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एकजना उम्मेदवार उठाउने घोषणा गरेको हो ।

    एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘काँग्रेस सुधार चाहने हाम्रो विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने छ । यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्छ ।’

    पौडेलले सो घोषणा गर्दैगर्दा ‘यसको आधार के छ ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा पौडेलले आजको उपस्थिति र अठोट नै यसको आधार भएको बताए । ‘देशको वर्तमान व्यवस्था र काँग्रेस सुधार गर्नका लागि हाम्रो विचार समूह नेतृत्व पुग्न अपरिहार्य देखिएको छ’ उनले भने, ‘यही निष्कर्षलाई आधार मानेर हामी अघि बढ्छौँ । यही निष्कर्षले हामीलाई एकतामा बाँधी राख्नेछ ।’

    आजको पत्रकार सम्मेलनमा यसअघि कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीका उम्मेदवार बनेका गगन थापा पनि थिए । उनले हालै मात्र सो पदमा पुनः उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुले

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology