Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुले

कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुले

  • 2.5K
    SHARES

  • कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुले

    बुटवल,भदौ १८ ।

    नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका थापा आज रामचन्द्र पौडेल पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका हुन् । 

    पौडेल पक्षले आगामी महाधिवेशनमा साझा उम्मेदवार उभ्याउने सार्वजनिक घोषणा गरेको छ ।  सोही कार्यक्रममा उपस्थित भएर थापाले आगामी महाधिवेशनमा आफू पौडेल पक्षको सेटमा रहने संकेत गरेका हुन् । 

    अघिल्लो महाधिवेशनमा थापा कृष्ण सिटौला पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर,त्यसबेला शशांक कोइरालाले महामन्त्री जितेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology