Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावाससहित आवास क्षेत्र डुबानमा,३० जना थुनिए

लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावाससहित आवास क्षेत्र डुबानमा,३० जना थुनिए

  • 2.9K
    SHARES

  • लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावाससहित आवास क्षेत्र डुबानमा,३० जना थुनिए

    बुटवल,भदौ ११ । 

    लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावाससहित शिक्षक आवास क्षेत्र डुबानमा पर्दा ३० जना शिक्षक-विद्यार्थी थुनिएका छन् ।

    रुपन्देहीको खडैयामा रहेको आवास र छात्रावास क्षेत्र डुबेको हो । दानव नदीमा उच्च बाढी आएपछि आवास क्षेत्रसहित खडैया गाउँ नै डुबानमा परेको छ ।

    बौद्ध विश्वविद्यालयका निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्लेले बिहान ७ बजेपछि दानव नदीमा बाढी आउँदा गाउँ नै डुबानमा परेको बताए । ‘अहिले खोला र बस्तीको पानी सम्मै छ, कोही पनि बाहिर निस्किन सक्ने अवस्था छैन,उनले भने ।

    विश्वविद्यालयको छात्रावासमा विद्यार्थी बस्दैआएका छन् । पूर्वाधार निर्माण गरिरहेका मजदुरहरु पनि सोही भवनमा आश्रय लिएका छन् । उनीहरुको अस्थायी क्याम्प नै डुबेको हो ।

    विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले पानीको सतह नघटे उद्धारको प्रयास गर्नुपर्ने बताए । ‘नदीको पानी नै पसेका कारण पानीको सतह घटिरहेको छैन, पानी नघटे उद्धार नै गर्नुपर्ने हुन्छ, बाहिर निस्किनका लागि अरु कुनै विकल्प छैन,उनले भने । शिक्षकहरु थुनिएपछि विश्वविद्यालयको पठनपाठन समेत अवरुद्ध भएको उनले बताए ।

    रुपन्देहीमा बिहीबार बिहानदेखि नै निरन्तर पानी परिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology