बुटवल,भदौ ९ ।
माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदले सनाखत गरेका छन्।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो उनीहरूले आयोगमा पुगेर सनाखत गरेका हुन्। नेता झलनाथ खनालले भने भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेको श्रेष्ठले बताए।
केही समयअघि जारी भएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। एमाले केन्द्रीय कमिटी २०३ सदस्यीय थियो। नयाँ पार्टी दर्ता गर्न सनाखत गर्नेको संख्या २६.६० प्रतिशत पुग्छ।
सनाखत गर्ने ३० संघीय सांसदहरुको सूची :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)