Logo बिहिवार, आश्विन १ गते २०८३
images

महन्थ ठाकुरको नयाँ दलले पायो वैधानिकता,दर्ता नम्बर १६७

महन्थ ठाकुरको नयाँ दलले पायो वैधानिकता,दर्ता नम्बर १६७

  • 2.0K
    SHARES

  • महन्थ ठाकुरको नयाँ दलले पायो वैधानिकता,दर्ता नम्बर १६७

    बुटवल,भदौ ९ ।

    जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरी प्रमाणपत्र समेत प्रदान गरिएको जानकारी दिए। 

    जनता समाजवादी पार्टी विघटन गरी महन्थ ठाकुरको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिएको हो।  पार्टी दर्ताका लागि निर्वाचन आयोगले बुधबार नेताहरुको सनाखत गरेको थियो। 

    नयाँ पार्टी गठन गर्न जनता समाजवादी पार्टीका महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र १४ जना संघीय सांसदले सनाखत गराएका थिए।  लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता नम्बर १६७ रहेको छ ।

    यो पनि :-

    नेकपा (एकीकृत समाजवादी)ले पायो दल दर्ताको प्रमाणपत्र,दर्ता नम्बर १६६

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology