बुटवल,भदौ ७ ।
गाईजात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । गाईजात्रालाइ परम्परागत सांस्कृतिक पर्वका रूपमा लिइन्छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । बुटवलका बिभिन्न स्थानमा आज गाईजात्रा निकालिएको छ ।
हेराैँ फाेटाेफिचर :-










नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)