बुटवल,साउन ३१ ।
रुपन्देहीकोको सैनामैना नगरपालिका वडा नम्बर १ को पर्रोहा र लखनपारा क्षेत्रमा किसानको २० औँ विघा जग्गा डुवानमा परेको छ । स्थानीय जग्गा धनी खुुशीराम चौधरीले निर्माण गरेको संरचनाको कारण २० औ विघा जमिन डुवानमा परेको भन्दै स्थानिय किसानहरुले न्याय तथा क्षतीपुर्तीको माग गरेका छन् ।
किसानको खेत डुवान भएको विषयमा स्थानिय जनप्रतिनिध वडा नम्बर १ का अध्यक्ष केयरसिंह गलामी मगरलाई लिखित रुपमा निवेदन दिएको तर यसको सुनवाई नभएको स्थानिय किसान प्रतिनिधि दशरथ प्रसाद यादवले जानकारी दिए ।
उनले आफु सहित किसानको २० विघा भन्दा बढि क्षेत्र डुवान पर्नुको कारण खुसीराम चौधरीले निर्माण गरेको रिर्सोट, माछा पोखरीको संरचना रहेको भन्दै यो विषयमा पटक पटक वडा कार्यालयलाई जानकारी गराईएको भएपनि सुुनवाई नभएको उनले बताए ।
यस्तै स्थानिय किसान ऋषिराम चौधरीले वडा कार्यालयलाई लिखित रुपमा निवेदन पेश गरी समास्या समाधानको लागि पहल गरेको भएपनि वडा अध्यक्षले समय नै नदिएको उनले बताए ।
पिडीत किसानहरुले प्रेस विज्ञप्ती जारी गरी न्याय र उचित क्षतिपूर्तिका लागि माग समेत गरेका छन् । यो विषयमा ३ पटक सम्म वडा अध्यक्ष, संरचना निर्माता खुसीराम चौधरीलाई छलफलमा बस्नको लागि आफुहरुले आग्रह गरेको भएपनि यसको सुनुवाई नभएको किसानहरुको गुनासो रहेको छ ।
जसको कारण पर्रोहा गाउँको अधिकांस किसानको खेत डुवानमा परेको छ भने लखनपारा क्षेत्रका गाउँमा समेत यसले क्षती पुगेको छ । किसानले केही समय पहिला रोपेको धान समेत अहिले डुवानको कारण मरेको छ ।
यता,अरोपीत खुसीराम चौधरीले आफुलाई मात्रै आरोप लगाउने काम भएको भन्दै नगरपालिकाको स्वीकृतीमा, अमिनले नापजाँच गरेको जग्गामा आफुले संरचना बनाएको बताउँछन् । उनले आफुले संरचना बनाउँदा डुवान भएको भन्ने कुरा झुट्टा भएको भन्दै विगतका दिनहरुमा पनि यस्तै प्रकृतिको डुवान हुने गरेको उनको भनाई छ ।
उनले भने–‘मेरो कारणले डुवान भएको भन्ने होईन, यो विषयमा नगरपालिकाबाट स्वीकृत संरचना मात्रै मैले बनाएको छु, पुरानो कुलो, पानी निकास मैले छेकेको छैन ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)