Logo बिहिवार, श्रावण १४ गते २०८३
images

नमस्ते एकेडेमी अब ब्रिटिस कलेजसंगको सहकार्यमा,कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकायमा पठनपाठन शुरू

नमस्ते एकेडेमी अब ब्रिटिस कलेजसंगको सहकार्यमा,कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकायमा पठनपाठन शुरू

  • 7.2K
    SHARES

  • नमस्ते एकेडेमी अब ब्रिटिस कलेजसंगको सहकार्यमा,कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकायमा पठनपाठन शुरू

    बुटवल,साउन ३० ।

    रूपन्देहीको तिलोत्तमामा रहेको नमस्ते एकेडेमीले ब्रिटिस कलेजसंग सहकार्य गरेर अघि बढ्ने भएको छ।अन्तराष्ट्रियस्तरको शिक्षा दिने उद्धेश्यका साथ स्थापना भएको एकेडेमीले यो वर्षबाट कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकायसमेत शुरु गर्ने भएको हाे।

    एकेडेमीको शुक्रबार पत्रकार सम्मेलन गरेर साे बारेमा जानकारी दिएको हो । उच्च शिक्षाकै लागि विदेश पठाउने परिपाटी अन्त्य गर्ने कलेजको भनाइ छ ।

    तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नीजि क्षेत्रको लगानीमा स्थापना भएको एकेडेमी समयसापेक्ष शिक्षा प्रदान गरेर अगाडि बढ्न सफल भएको बताए।नगरलाई शिक्षाको नमुना हब बनाउने लक्ष्य प्राप्तिमा सबै क्षेत्रको सहकार्य जरूरी रहेकोबताउँदै घिमिरेले नगरमा ४२ वटा सामुदायिक र ४२ वटा संस्थागत विद्यालय रहेको जानकारी दिए । उनले सामुदयिक विद्यालयमा सरकारको ठूलो लगानी भएपनि त्यो अनुरुप प्रतिफल नहुनुको कारण खोज्ने काम पालिकाबाट भईरहेको उल्लेख गरे ।

    द ब्रिटिस कलेजका सिईयो राजेन कंडेलले उच्च शिक्षाकै लागि विदेश पठाउने परिपाटी अन्त्य गर्ने लक्ष्यसहित आफुहरु योजनाबद्ध रुपमा कार्यक्रम ल्याएको बताए।

    यस क्षेत्रमा स्थापना भएको नमस्ते एकेडेमीसंग सहकार्य गरि ब्रिटिस कलेजको ब्यवस्थापन गरि बढ्ने उनले जानकारी दिए। पश्चिम एशियाकै नमुना शिक्षा दिने संस्थाकारुपमा नमस्ते एकेडेकीलाई विकास गरिने उनले बताए।एक्काईसौ शताब्दीको शिक्षा दिने लक्ष्यसहित आफुहरु रणनीति तयार गरेर अन्य धेरै उत्कृष्ट विद्यालयहरुसंग सहकार्य गर्ने लक्ष्य रहेको बताउँदै उनले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धामा उतार्ने गरि शिक्षा दिईने बताए।

    एकेडेमीका निवर्तमान अध्यक्ष तथा लगानीकर्ता डिल्लीनारायण पाण्डेले ३ विगाहा क्षेत्रफलमा स्कुलको पुर्वाधार निर्माण भएको बताए। शुरुवातमा धेरै नकारात्मक प्रचार गरिदा एकेडेमीले अवरोधहरु खेपेको दुखेसो गर्दै उनले कामको सिलसिलामा ब्यस्त रहने अभिभावकहरुलाई लक्षित अनुसार सेवा दिन सफल भएको बताए।

    अन्तराष्ट्रिय स्तरको शिक्षा दिने लक्ष्यसहित स्थापना भएको एकेडेमी आफ्नो लक्ष्यमा पुग्न सफल हुने एकेडेमिक डाईरेक्टर मार्क बार्थोलोमिउले बताए।एकेडेमीका राजेन्द्र कुवरले ३ वर्षक‍ो छोटोसमयमा नै शिक्षामा नया ढंगबाट ल्याएको बताए। अबको वर्षसंगै कक्षा ११ मा विज्ञान र ब्यावस्थापन संकाय शुरु गर्ने बताए। एकेडेमीबाट यो वर्ष २५ जना विद्यार्थीहरु पास भएका थिए।

    नगरप्रमुख घिमिरे, तिलोत्तमा नगर शिक्षा कार्यालयका प्रमुख गंगाराम आचार्य, एकेडेमिक डाईरेक्टर मार्क बार्थोलोमिउ,एकेडेमीका अध्यक्ष विष्णु प्रसाद भुषाल, ब्रिटिस कलेजका सिईयो राजन कंडेल, एकेडेमीका निवर्तमान अध्यक्ष तथा लगानीकर्ता डिल्ली नारायण पाण्डे,प्राचार्य कमल सापक‍ोटा,सहप्राचार्य लिलामणी पाण्डे,नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष रामराज पोखरेल, एकेडेमीका उपाध्यक्ष डिबि थापाले एसईई २०७७ मा उतिर्ण विद्यार्थीहरुलाई खादा तथा मायाको चिनोबाट सम्मान गरे ।

    namaste.jpg

    नमस्ते एकेडेमीको शैक्षिक निर्देशकमा ब्रिटिस शिक्षाबिद् डा.मार्क बार्थोलोमेउ नियुक्त

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology