बुटवल,साउन २४ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट नेपाल मास्क अभियान सुरु गरेको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान थालेको हो ।
काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरामा प्रकाश पारेर नेपालमा मास्क अभियान सुरू भएको छ।
पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको भन्दै यसको रोकथामलाई सरकारले थप प्रभावकारी बनाउन भन्दै शनिबारदेखि मास्क अभियान सुरु गरेको हो ।
यसका लागि शनिबार साँझ धरहरामा मास्क अभियानबारे चेतना जगाउन र यसको सुरुवात गर्न प्रकाश पारेर मास्क अभियान सुरु गरिएको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)