Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेपाली कांग्रेसमा थपिए ४ लाख ९ हजार ३३ जना नयाँ क्रियाशील सदस्य

नेपाली कांग्रेसमा थपिए ४ लाख ९ हजार ३३ जना नयाँ क्रियाशील सदस्य

  • 2.3K
    SHARES

  • नेपाली कांग्रेसमा थपिए ४ लाख ९ हजार ३३ जना नयाँ क्रियाशील सदस्य

    बुटवल,साउन १२-

    नेपाली कांग्रेसमा चार लाख भन्दा धेरै क्रियाशील सदस्य थपिएका छन्। १४ औँ महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ हुन्।

    कांग्रेसको क्रियाशील छानबिन समितिले सभापति शेरबहादुर देउवालाई मंगलबार प्रतिवेदन बुझाएको हो।

    कार्यकाल गत असार २० गते नै सकिए पनि अनौपचारिक रुपमा थपिएको मसान्तसम्मको समय सकिएपछि मंगलबार संयोजक रमेश लेखकले प्रतिवेदन बुझाएका हुन्।

    कांग्रेसमा ४ लाख ४३ हजार ६ सय ७८ पुराना क्रियाशील सदस्य थिए। त्यसमा शतप्रतिशत संख्या थपेर आठ लाख ५२ हजार ७११ पुर्‍याइएको हो।

    नयाँ थपिएका मध्ये ४१ देखि ६० वर्षका ३७ प्रतिशत र ४० वर्ष मुनिका ३३ प्रतिशत रहेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology