Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

भारतमा अलपत्र ४ बालवालिकाको उद्धार,रुपन्देहीबाट आफन्तको जिम्मा लगाइयाे

भारतमा अलपत्र ४ बालवालिकाको उद्धार,रुपन्देहीबाट आफन्तको जिम्मा लगाइयाे

  • 2.9K
    SHARES

  • भारतमा अलपत्र ४ बालवालिकाको उद्धार,रुपन्देहीबाट आफन्तको जिम्मा लगाइयाे

    बुटवल,साउन ११- 

    भारतमा रोजगारीको लागी जाने नेपालीहरुको संख्या धेरै छ । कतिपय घर सल्लाहले जाने गरेका छन भने कतिपय भागेर नै भारत पुग्छन्।

    बिशेष गरि युवाहरु भारत जाने क्रम बढ्दो रहेपनि अहिले नाबालकहरु पनि भारत पुग्ने गरेका छन् ।अभिभावककै सल्लाहमा कतिपय बालबालिकाहरु बिभिन्न होटलमा काम गर्न भारत तर्फ जाने गरेका छन् ।  पछिल्लो पटक भारतमा अलपत्र परेका ४ नावालकलाई उद्धार गरि नेपाल ल्याईएको छ ।

    भारतमा बालबालिका बेचबिखनको लागी तथा उनिहरुको अङ्ग चोरी एवम भिख माग्ने लगायत बिभिन्न गैरकानूनी काममा फसेका हुन्छन् । विश्वकै धेरै जनसंख्या मध्येको एक भारतमा यस्ता गैरकानूनी कार्यमा लाखौ बालबालिका रहे पनि नेपालका ४ जना बालबालिका भाग्यमानी रहेका छन् ।

    भाग्यमानी यस अर्थमा कि भारतमा यस्ता लाखौ बालबालिका यातनाको जिवल गुजार रहदा उनिहरु सकुशल नेपाल फिर्ता भएका छन् । बैतडीका १५ वर्षीय प्रकाश सिंह महरा, बाँकेको कोहलपुरका ९ वर्षीय रोशन बादी, ७ वर्षीय बिशाल बादी र ५ वर्षीय पुजा बादी पनि घरबाट भागेर भारत पुगेका थिए ।

    प्रकाश पैदल नै भारत पुगेका थिए भने कोहलपुरका ३ जना बालबालिका ट्रकको सहायतामा भारत पुगेका थिए । गलत हातमा पुग्नु अघि नै भारतको सामाजिक संस्थाले उनिहरुलाई बाल आश्रममा राखेका थिए । यसरी बालआश्रममा रहेका उनिहरु चारै जनालाई प्रवासी नेपाली मित्र मंच भारत र मानव कल्याण मित्र मंच नेपालको सहयोगमा उद्धार गरि नेपाल फिर्ता ल्याईएको छ । 

    ४ बालबालिका मध्ये ३ जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा कोहलपुर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष  तिरथराम थारु मार्फत् आफन्तको जिम्मा लगाइएको छ । भने एक जनालाई केही दिनका लागि कोटिहवास्थित बालगृहमा राखिएको छ । ६ महिना अघि कोहलपुर नाकाबाट भारत घुम्न र कमाउन जाने भनि हिँडेका चारै जना बालबालिकालाई भारतको बरेलीबाट उद्वार गरिएको हो ।

    उनीहरुलाई नेपाली राजदूतावास दिल्लीबाट अनुमति पत्र प्राप्त गरी उत्तर प्रदेशको बरेली न्यायपीठ बाल कल्याण समितिको आदेशबाट आर्य समाज अनाथलायको संरक्षणमा राखिएको र सोही स्थानबाट उनिहरुलाई नेपाल ल्याईएको प्रवासी नेपाली  मित्र मञ्चका महासचिव रघुनाथ पाण्डेले जनाउनु भयो । भारतमा भेटिने कयौं बालबालिका दलालमार्फत् पनि जाने गरेका छन् ।

    कतिपय पारिवारिक कारण रोजगारीका लागि जाने पनि गरेका छन् । यसरी जाँदा उनीहरु जोखिममा हुन्छन् । मानव कल्याण मित्र मंच नेपालका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बिभिन्न प्रलोभनमा परेर नेपाली बालबालिकाहरु भारत जाने गरेको बताए । यस्ता कतिपय बालबालिकाहरुको उद्धार गरि नेपाल फिर्ता ल्याईए पनि अझै पनि धेरै बालबालका भारतमै रहेको बताए । 

    गरिबीको कारण र रोजगारीको कारण नेपालीहरु भारत जाने गरेको भए पनि बालबालिकाहरु पनि भारत जानुले नकारात्मक सन्देश फैलाएको प्रवासी नेपाली मित्र मञ्चकी महिला अध्यक्ष अनिता क्षेत्रीको भनाई छ ।

    उनले भारतमा रोजगारी यति सजिलै नपाईने भएको र भारतमा पाईने नरकिय यातना बारे जनचेतना फैलाउनु आवश्यक रहेको बताईन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अलपत्र बालबालिकाको उद्धार गरेर मित्र मंचले मानवीय सेवामा ठूलो भूमिका निभाएको बताए ।

    ‘यहाँहरुले ठूलो पुण्यको काम गर्नुभएको छ । हाम्रा कलिला बालबालिका जोखिमबाट बचेका छन, उनले भने ।प्रवासी मित्र मंचले अहिलेसम्म भारतमा अलपत्र परेका दुई हजार बढी बालबालिकाको उद्धार गरिसकेको जनाएको छ । 

    balbalika udar.JPG

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology