Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित,नयाँ मिति केहिदिनमा

कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित,नयाँ मिति केहिदिनमा

  • 2.2K
    SHARES

  • कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित,नयाँ मिति केहिदिनमा

    बुटवल,साउन ९-

    साउन १२ गतेका लागि तोकिएको नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । शनिबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास वुढानिलकण्ठमा भएको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको सहमहामन्त्री डा‍ प्रकाश शरण महतले जानकारी दिए ।

    बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको उनले बताए । एकसाता भित्र मिति तय गरिने उनले जानकारी दिए । क्रियाशील सदस्यता वितरणमा विवाद चर्किएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न नसकिएको डा महतले बताए ।सदस्यताको छानविन प्रतिवेदन छानविन समिति संयोजक रमेश लेखकले साउन १२ मा पेश गर्दैछन् ।

    शुक्रबारको पदाधिकारी बैठकले वडा तहको अधिवेशनको मिति संशोधन गर्ने तर केन्द्रीय महाधिवेशनको मितिलाई नचलाउने विषयमा सहमति बनेको भएपनि केन्द्रीय महाधिवेशन समेत प्रभावित हुने संकेत देखिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology