बुटवल,साउन ७-
के तपाइको माेवाइलमा पनि होन्डाको ७० औं वार्षिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क आएको छ ? यसले सबैलाई वाक्क पारेको छ । सायद सबैको म्यासेन्जरमा याे म्यासेज लिङ्क आइपुगेको छ । लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू देखिन्छ ।
उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ ।
म्यासेन्जरमा आएको ‘स्पाम’ म्यासेज फेक हाे यसले तपाइका गाेप्य सुचना लैजानसक्दछ । तपाइले यसलाइ वेवास्ता गर्नु वा सिधै डिलीट गर्नुहाेला ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)