बुटवल,साउन ६ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) मलेसियामा विनोद बहादुर थापाको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन भएको छ । सन् २०२१ देखि २०२३ सम्मको कार्यकालका लागी उपाध्यक्ष र आइसीसी सदस्यवाहेक सबै पद निर्विरोध चयन भएको हो ।
संघको उपाध्यक्ष र आइसीसी सदस्यबाहेक सबै पद निर्विरोध चयन भएको छ । महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा नारायण अधिकारी,रोशन सुब्बा, कोषाध्यक्षमा कृष्ण नेपाल र युवा संयोजकमा अरुण गिरि तथा सदस्यमा बिरेन्द्र कार्की,बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ,टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध चयन भएका छन् ।
प्रथम उपाध्यक्षमा हेमराज सापकोटा चयन भएका छन् भने यसैगरी सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध भएका छन । आईसिसि सदस्यहरु तथा उपाध्यक्षमा मात्र सहमतिको प्रयास हुन वाकि रहेको छ र यो पनि सहमतिमा निर्बिरोध हुने एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले बताए ।
सहमतिको लागि प्रयास भैरहेको र सहमतिको लागि छलफल चलिरहेको छ । आज सम्म मलेसियामा एनआरएनको कहिल्यै पनि चुनाव नभई सर्बसम्मतिमै नेतृत्व चयन हुने गरेको छ ।
मलेसिया एनआरएनले निर्विरोध भएको पत्र केन्द्रमा पठाएपछि मात्र यसले वैधानिकता पाउने छ । मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन । यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै सदस्य हो ।
नबनिर्बाचित अध्यक्ष थापा लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुको काधमा अव सवै एनआरएनहरुलाई मिलाएर लैजानु ,एनआरएनलाई मजदुर मुखि वनाउनु,नेपाली दुतावास संग सम्वन्वय गर्दे नेपाली मजदुरका मुद्धालाई उठाउनुका साथै नेपालका लगानीको वातावरण मिलाउनु सम्मको चुनौतीहरु समेत रहेको नबनिर्वाचित सचिव नायण अधिकारीले नागरिक अनलाइनलाई जानकारी दिनुभएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)