Logo बिहिवार, आश्विन १ गते २०८३
images

मृतक र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मृतक र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

  • 183
    SHARES

  • मृतक र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

    काठमाडौँ,भदौ १६ ।

    चीनको दक्षिण-पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङमा गएको विनाशकारी पहिरोमा परी ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको स्मृतिमा मंगलबार बिहान विशेष शोक सभा आयोजना गरिएको छ।

    भदौ १० गते आएको लेदोसहितको भीषण पहिरोका कारण त्यस क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, स्थानीय अधिकारीहरू र सर्वसाधारणको उपस्थितिमा आयोजित उक्त स्मृति सभामा विपद्‌मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

    केरुङ नाका तथा आसपासको प्रभावित क्षेत्रमा हाल बेपत्ता नागरिकहरूको खोजी, उद्धार तथा राहत वितरणको कार्य निरन्तर जारी छ। एकातिर खोजी र राहतको काम चलिरहँदा, अर्कोतिर विपद्‌मा परेकाहरूको सम्झनामा स्थानीय स्तरमा यो शोक सभा गरिएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology