Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता

प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता

  • 2.7K
    SHARES

  • प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता

    बुटवल,साउन ५-

    प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।

    सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैकेका बोमबहादुर थापा मगरका ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुम बहादुर थापा मर्साङी मगरका ७ वर्षीया छोरी सर्मिला थापा मगर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

    सोमबार अपरान्ह ३ बजे पौडी खेल्नेक्रममा उनीहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयका अनुसार उनीहरु दुवैजना बाख्रा चराउन गएका थिए।

    घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन् । बेपत्ता बालिकाहरुको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी गरिरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology